Advertisement
विज्ञापन

गुल्मीमा गोठमा आगलागी हुँदा पशु चौपया घाइते



अनिष पन्थी, गुल्मी । गुल्मीमा गोठमा आगलागी हुँदा पशु चौपया घाइते भएका छन । जिल्लाको छत्रकोट गाउँपालिका ३ काउलेका पशुपति पन्तको गोठमा आगलागि हुदा पशु चौपया घाइते भएका हुन।

बिहिवार बिहान करिब ८:३० बजेको समयमा पन्तको टिनले छाएको २ तले कच्ची गोठमा कुडो पकाउने क्रममा एक्कासी आगलाही हुदा सोहि गोठमा रहेको भैँसी र पाडा जली घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।


Advertisement

आगलागी भएको जानकारी प्राप्त हुना साथ प्रहरी चौकी श्रृडगावाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा करिब एक घन्टा पछि आगो पुर्ण रुपमा नियन्त्रणमा आएको पाण्डेले जानकारी दिए । आगलागी बाट १५ हजार बराबरको क्षति भएको र बिस्तृत विवरण पछी आउने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?





Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad