गुल्मी – स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड गुल्मी शाखाले दुर्घटनामा मृत्यु भएका सदस्यको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। अर्घाखाँची जिल्लाको मालारानी–२, अर्घाखाँची निवासी बसन्ता मरासिनीको घरमै पुगेर बीमा दाबी रकम हस्तान्तरण गरिएको हो।
बसन्ताका श्रीमान् कृष्णलाल मरासिनीको २१ चैत २०८१ मा जिप दुर्घटनामा परि निधन भएको थियो। उनी संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएका थिए । उक्त कर्जाको बीमा दाबी अन्तर्गतको रकम शाखा प्रबन्धक मुकेश प्रसाद पाद्याले मरासिनीको घरमै पुगेर मंगलबार उक्त रकम हस्तान्तरण गरेका हुन्।
संस्थाले सदस्यहरूलाई बीमा सुरक्षाको व्यवस्था गर्दै आइरहेको छ । जसअन्तर्गत मृत्युजस्ता घटनामा कर्जा बीमा रकम परिवारलाई उपलब्ध गराउँदै आएको लगुवित्त वित्तीय संस्थाले जनाएको छ।