वैशाख १५ गते चर्चित कलाकार दुर्गेश थापा हेलिकप्टर मार्फत गुल्मी आउने

Img 5646
गुल्मी – गुल्मीमा जारी गुल्मी महोत्सवमा चर्चित लोक तथा दोहोरी गायक दुर्गेश थापा सहभागी हुँदैछन्। आयोजकका अनुसार गायक थापा वैशाख १५ गते विशेष प्रस्तुति दिन महोत्सव स्थल पुग्नेछन् । उनी हेलिकप्टरमार्फत गुल्मी आइपुग्ने कार्यक्रम तय भएको गुल्मी चेम्बर अफ कमर्स का अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । महोत्सवको ११औं दिन हुने यस कार्यक्रममा थापाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्ने छन्।

गायक थापा हेलिकप्टरबाट सोमबार दिउँसो साढे दुई बजे तम्घास आउने र ४ बजेसम्म सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले बताए । आयोजकले थापाको आगमनले महोत्सवको रौनक अझ बढ्ने विश्वास व्यक्त गरेका छन्।

गायक थापासँगै गायिका ज्योति मगर पनि आउने कार्यक्रम रहेको छ ।  गुल्मी महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शनी, र मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन् ।

गायक दुर्गेश थापा पछिल्लो समय नेपाली संगीत उद्योगमा लोकप्रिय कलाकारका रूपमा स्थापित भएका छन्।  गुल्मीमा कृषि, पर्यटन उद्योग र व्यापार प्रवर्द्धन गर्न भन्दै वैशाख ५ गतेदेखि सञ्चालन भइरहेको महोत्सव वैशाख १७ गतेसम्म चल्नेछ ।

गुल्मी चेम्बर अफ कमर्सको आयोजना र जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.ली बुटवल, रूपन्देहीको व्यवस्थापनमा महोत्सव सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *