गरिमा बैंकको वित्तीय साक्षरता तथा विद्यार्थीलाई झोला वितरण

गुल्मी – सामाजिक  उत्तरदायित्व अन्तर्गत गरिमा विकास बैंक तम्घास शाखाले विद्यार्थीलाई झोला वितरण संगै वित्तिय साक्षरताको कार्यक्रम गरेको छ । विहिबार जिल्लाको रेसुंगा नगरपालिका –६ स्थित साउनेथुम आधारभूत विद्यालयका १५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरिएको हो । बैंकले विद्यार्थीहरूका लागि विशेष वित्तीय साक्षरता कार्यक्रम समेत गरेको तम्घास शाखाका कर्मचारी अनिल मरासिनीले जानकारी दिए । गरिमा बैंक तम्घासले सामाजिक उत्तरदायित्व अन्तर्गत विगतदेखि विभिन्न स्थानमा पुगेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

समाज र मुलुक प्रतिको सामाजिक उत्तरदायित्व पूरा गर्न बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता सहित पिछडिएका वर्गको उत्थानमा योगदान दिने हेतुका साथ विभिन्न कार्यक्रम संचालन गर्दै आएको तम्घास शाखाका प्रमुख विष्णु केसीले जानकारी दिए । उनले समाजका सबै वर्गलाई वित्तीय प्रणालीमा सहभागी गराई आर्थिक चेतना बढाउन बैंकले प्रत्येक वर्ष विभिन्न विधामा कार्यक्रम संचालन गर्दै आएको बताए । यो बर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत गाउँको विद्यालयमा पुगेर विद्यार्थीलाई झोला वितरण संगै वित्तीय साक्षरता बारेमा जानकारी दिएको केसीले बताए ।

गरिमा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई झोला वितरण सहित वित्तीय साक्षरता बारे जानकारी सहितको कार्यक्रम गरेकोमा विद्यालयका प्रधानाध्यापक हुमा पोखरेले धन्यवाद व्यक्त गरे । समय अनुकुल गरिने बैंक तथा वित्तीय संस्थाका यी र यस्ता कार्यक्रमले विद्यार्थीको क्षमता विकास तथा शैक्षिक क्षेत्रमा थप टेवा पुग्ने र समाजमा वित्तीय संस्थाप्रति नागरिकको थप विश्वास बढ्दै जाने प्रधानाध्यापक पोखरेलले बताए ।

बैंकले झोला दिएपछि गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई पढाईमा थप हौसला मिलेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम अनुसार विद्यार्थीलाई बचतको विकास, वित्तीय अनुशासनको महत्व, डिजिटल बैंकिङको प्रयोग र दीर्घकालीन आर्थिक सुरक्षाबारे जानकारी प्रदान गरिएको छ । विद्यार्थीहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्दै आर्थिक रूपमा आत्मनिर्भर बन्ने मार्ग प्रशस्त गर्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा विद्यार्थी र शिक्षक गरेर ६५ जनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *